Question:

 ‘राष्ट्रिय आयोजना बैङ्क सूचना व्यवस्थापन प्रणाली’ को शुभारम्भ कहिले गरियो ? 
 

विक्रम संवत् २०७६ माघ २६ । 
– अबदेखि कार्यान्वयन÷लगानीयोग्य आयोजनाहरूको सङ्ग्रह यस प्रणालीमार्फत हुने। 
– यसले तथ्यपरक र मापदण्डमा आधारित आयोजना पहिचान, छनोट तथा मूल्याङ्कन प्रक्रिया एवम् प्राथमिकीकरण गर्ने प्रणालीको विकास र अभ्यास गर्न सहयोग पु¥याउने। 
– यस प्रणालीमा आयोजना कार्यान्वयनपूर्व गर्नुपर्ने अध्ययन तथा पूर्वतयारीका कार्य भएको हुनुपर्ने । 
– यसले नतिजामुखी, न्यायोचित र आयोजनाको चक्र व्यवस्थापन गर्न सहयोग पुग्ने विश्वास गरिएको। 
– नीतिगत एकरूपताको अभाव, शक्तिमा रहेका व्यक्तिको प्रभाव, आयोजनाचक्र व्यवस्थापनको अभाव, निर्धारित समय, लागत तथा तोकिएको गुणस्तरमा आयोजना सम्पन्न हुन नसकेको अवस्था अन्त्य गर्न भन्दै सरकारले योजना बैङ्कको अवधारणा ल्याएको। 
– आयोजना बैङ्क सञ्चालनको जिम्मेवारी राष्ट्रिय योजना आयोगलाई दिइएको। 
– आयोगले आयोजनाको पहिचान, स्वीकृति र प्राथमिकता निर्धारणका लागि मार्गदर्शनसमेत सार्वजनिक गरको े । मार्गदर्शनअनुसार आयोजना चयन तीन चरणबाट गरिने। पहिलो चरणमा आयोजना पहिचान गरिएको अवधारणापत्र तयार गर्नुपर्ने । अवधारणापत्रलाई आयोगले अध्ययन गरपछि े दोस्रो चरणमा मूल्याङ्कन गर्ने र प्रस्तावना तयार गर्नुपर्ने । आयोगको विज्ञ समूहले परियोजना उपयुक्त लागेमा छनोट र प्राथमिकीकरणको चरणमा प्रवेश गर्ने । आयोजना आर्थिक, भौतिक तथा अन्य हिसाबले सम्भाव्य र लाभयुक्त देखिएमा मात्र त्यस्ता आयोजना बैङ्कमा समावेश गरिने। 
– आयोजना बैङ्कमा समावेश योग्य हुन आयोजनाले समावेशी सामाजिक विकास, दिगो विकास लक्ष्यमा पु¥याउने योगदान, जनसहभागिताको स्तर, कार्यान्वयनको सम्भाव्यताजस्ता पक्षलाई आधार मानिएको। 
 

Upcoming Question

ओस्कार अवार्ड–२०२० मा ‘बेस्ट फिचर फिल्म’ को उपाधि जित्न सफल चलचित्र कुन हो ? 
 

मन्दिरको छानोको सबैभन्दा माथिल्लो भागमा राखिएको कलात्मक आकृतिलाई के भनिन्छ ? 
 

शरणार्थी र आप्रवासीसम्बन्धी राष्ट्रसङ्घीय सम्मेलन पहिलोपटक कहिले आयोजना गरियो ? 
 

सबभन्दा धेरैपटक नोबेल पुरस्कार प्राप्त गर्ने  संस्था  कून हो ? 

विश्व ब्याडमिन्टन महासङ्घले सन् २०२० मार्च ११ मा सार्वजनिक गरको े विश्व जुनियर व्याडमिन्टन वरियतामा सातौँ स्थान हासिल गर्न सफल नेपाली खेलाडी को हुनुहुन्छ ?

गुणस्तरीय पर्यटक भित्र्याउनका लागि ‘कन्ट्रोल टुरिजम’ नीति अवलम्बन गर्ने पहिलो सार्क राष्ट्र कुन हो ? 
 

'भिजन  फाइभ मिलियन योजना' केसँग सम्बन्धित छ ?

बढ्दै गएको ध्वनि प्रदूषणबाट हुने बहिरोपन कम गर्ने उद्देश्यसाथ कुन दिनलाई सुनुवाइ दिवसका रूपमा मनाउने गरिन्छ ? 
 

आयामेली कवि भनेर तिलविक्रम नेम्वाङ (वैरागी काइँला) लाई चिनिन्छ भने ‘आधुनिक कवि’ भनी कसलाई चिनिन्छ ? 
 

एसियन लिडरसिप अवार्ड–२०२० बाट सम्मानित नेपाली उद्यमी को हुनुहुन्छ ?